Monday, September 14, 2015

संविधान निर्माण प्रक्रियामा गच्छदारलाई समेट्ने प्रयास

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस




काठमाडौं: कांग्रेस, एमाले र एमाओवादीले संविधान निर्माण प्रक्रियामा विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई समेट्ने प्रयास जारी राखेका छन्।

तीन दलले संविधानसभाबाट संविधान घोषणा भएको एक साताभित्रै पहिलो संशोधन गरी फोरम लोकतान्त्रिकका मुद्दा समेट्ने प्रयास थालेका हुन्।

मधेस केन्द्रित दलले संविधानसभाको मतदान प्रक्रिया बहिष्कार गरिरहेका बेला संविधान निर्माण प्रक्रियामा योगदान पुर्‍याएका फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई संविधान निर्माण प्रक्रियामा संलग्न गराउन तीन दलका प्रयास थालेको स्रोतले जानकारी दियो।

स्रोतका अनुसार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार गच्छदारसँग टेलिफोन गरी यसबारे जानकारी गराए।सामाजिक न्यायमा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न सहमत भएका तीन दलका नेताबीच नवलपरासीदेखि बाँके र बर्दियासम्मको क्षेत्र समेटेर थारू मुद्दा सम्बोधन गराउनेबारे छलफल भइरहेको जनाउ दाहालले गच्छदारलाई दिएका थिए।

गच्छदारले सामाजिक न्यायमा समावेशी र समानुपातिक प्रतिधित्व गराउने र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाउन माग राख्दै आएका छन्। अन्तरिम संविधानले सुनिश्चित गरेका अधिकार संस्थागत गर्न तयार रहेको जानकारी प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र दाहालले आइतबार संविधानसभामा पनि व्यक्त गरेका थिए।

स्रोतका अनुसार आफ्नै पार्टीभित्रको तीव्र दबाब र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रलाई देखाउन पनि गच्छदारलाई समेट्ने प्रयासमा तीन दलका नेता जुटेका हुन्।यसैबीच संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको घोषणा गरेका एमाओवादी पोलिटब्युरो सदस्य प्रभु साह सोमबार दाहाललाई भेट्न संविधानसभा भवन पुगेका थिए।

अर्का नेता रामचन्द्र झासहित पुगेका साहले आफूले आत्मनिर्णयको अधिकारलाई छुट्टिन पाउने अधिकारका रूपमा बुझेको दाहाललाई सुनाएको सहभागी एक सभासद्ले बताए। ती सभासद्का अनुसार साहलाई दाहालले 'ठण्डा दिमागले सोच्न' आग्रह गरेका थिए।

झाले पनि साहलाई संशोधनमा पनि आफूहरूका मुद्दा समेटिन सक्ने भन्दै आश्वस्त पार्न खोजेका थिए। एमाओवादीका सभासद्हरूले वरिष्ठ नेता बाबुराम भट्टराई निकट साहलाई पृथक्तावादी आन्दोलनमा लाग्न खोजेको आरोप पनि लगाउन थालेका छन्।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

About the Author

loveurdesign

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
nepali online © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism